सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

605
Shares
धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।

605
Shares

ट्रेन्डिङ