सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पोखरीमा डुबेर २ बालकको मृत्यु

पोखरीमा डुबेर २ बालकको मृत्यु

685
Shares
पोखरीमा डुबेर २ बालकको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए ।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।

685
Shares

ट्रेन्डिङ