सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

545
Shares
८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आठ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले सगरमाथासहितका हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताए ।

‘अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनु पर्छ,’ मुख्यमन्त्री कार्कीले भने ।

545
Shares

ट्रेन्डिङ