सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सङ्घीय संसद्का दुवै सदनको बैठक आज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज

685
Shares
सङ्घीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ ।

 प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

685
Shares

ट्रेन्डिङ