काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।
प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले बजेटमाथिको छलफल वाक्क लागेको बताएका हुन् ।
‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’ अध्यक्ष केसीले भने ।
गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि बजेट बढाउनु आफैंमा नमिल्ने समेत केसीले बताए ।