काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले बजेट पहुँचको आधारमा विनियोजन भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘चुनावमा सबै दिने भनेर आउँछौं तर सांसद भएपछि माग्ने जस्तो हुन्छौं,’ उनले भने, ‘सांसदले के काम गर्ने हो त्यसमा क्लियर गर्नुपर्छ । हामी विधायक हौं र कानुन बनाएर मात्रै रहन्छौं भन्ने हो भने यही संसदले संकल्प गर्नुपर्छ । होइन भने सांसदले लाचार भएर मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृतिको अन्त्य हुनुपर्छ ।’
पहुँचका आधारमा योजना र बजेट तर्जुमा गर्दा अन्य सांसदहरू निरीह हुन पुगेको उनको भनाइ छ ।