सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • कुवेतमा आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

कुवेतमा आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

95
Shares
कुवेतमा आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

काठमाडौँ । कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।

कुवेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरू बस्ने भवनमा आगलागी हुँदा ४९ श्रमिकहरूको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले पुष्टि गरेको हो ।

घटनामा ५० भन्दा बढी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कामदारहरूका रोजगारदाताले दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले ६ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ६ बजे उक्त भवनको तल्लो तलामा रहेका भान्छा कोठाबाट आगो सल्किएको थियो ।

 

95
Shares

ट्रेन्डिङ