सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • नेपाली सेनाका खेलाडीहरुलाई बधाई ज्ञापन

नेपाली सेनाका खेलाडीहरुलाई बधाई ज्ञापन

6785
Shares
नेपाली सेनाका खेलाडीहरुलाई बधाई ज्ञापन

प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका नेपाली सेनाका खेलाडी एवं व्यवस्थापकीय टोलीहरुलाई सुनसरी जिल्लाको धरान स्थित फुस्रे क्याम्पमा आयोजित एक विशेष कार्यक्रमकावीच बधाई दिनु भएको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाले ऐतिहासिक विजय हासिल गर्न सफल भएको हो । उक्त प्रतियोगिताको विभिन्न विधामा नेपाली सेनाको तर्फबाट ५११ जना खेलाडी तथा ७५ जना व्यवस्थापकीय टोलीहरु सहित जम्मा ५८६ जनाले सहभागीता जनाएका थिए ।

साथै उक्त प्रतियोगिता अन्तर्गत गत वर्ष सञ्चालन भएको स्वीमिङ्ग तर्फ २५ स्वर्ण, ट्राईथोलन तर्फ ४ स्वर्ण र यस वर्ष संचालन भएको अन्य विविध प्रतियोगिताहरुमा ११३ स्वर्ण गरी नेपाली सेनाका खेलाडीहरुले जम्मा १४२ स्वर्ण, ५९ रजत र ४२ कास्य गरी जम्मा २४३ पदक हासिल गरी समग्रमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्न सफल भएको छ ।

यस प्रकारको राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक ऐतिहासिक विजय हासिल गर्न सफल भएकोमा नेपाली सेना गर्व महशुस गर्दछ । साथै आगामी दिनहरुमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय झण्डा र राष्ट्रिय सम्मानलाई उचाईमा पुर्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा नयां आयाम थप गरी खेल जगतलाई अझ उचाईमा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति क्षत्री आजै धरान स्थित एन्फा टेक्निकल कम्प्लेक्समा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी हुनु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।

6785
Shares

ट्रेन्डिङ