सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस सम्पन्न

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस सम्पन्न

135
Shares
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस सम्पन्न

काभ्रे :- ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस कार्यक्रम असार १ गते शनिवार सम्पन्न भएको छ ।

पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु भएको थियो । सो रेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर अन्त्य भएको थियो । दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीद्धारा छात्रहरुको रोडरेस उद्घाटन गरी पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठानसम्म भएको थियो ।

तेस्रो चरणको कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख बसुन्धरा खड्काले गर्नुभएको थियो । रोडरेस कार्यक्रममा बिजेश्वरी ज्ञान मन्दिर सैनिक मा.वि. बाट छात्रा आईस्मा आचार्य र छात्र तर्फ काभ्रे मा.वि. बाट आसिक थापा प्रथम, कलंकी मोडल नैकापबाट अनुज महत छात्र र पद्मकन्या मा.वि. कलंकीबाट अमृता बलामी द्धितीय र श्रीकृष्ण मा.वि. भक्तपुरबाट नवराज मैनाली छात्र र जेसिस मा.वि. भक्तपुरबाट क्याथ्रिन बासुकला तेस्रो भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार तथा मेडल, प्रमाणपत्र दोस्रो २० हजार र मेडल, प्रमाणपत्र र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रमको सभापतित्व ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यले गर्नु भएको थियो । सहभागीलाई धन्यवाद ज्ञापन प्रतिष्ठानका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले गर्नु भएको थियो ।

समापन कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरी, विद्यालय संचालक आत्माराम थापा, विद्यालयका सहायक प्रिन्सिपल रत्नराज खतिवडा, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिकास तामाङ, ए.पि.एफका खेल संयोजक बिजय कुमार के.सी. तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एस.ई.ई दिएर बसेका विद्यार्थीलाई सही मार्गमा हिडाउन र खेलकुद मार्फत् अनुशासन कायम राख्न सो प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा २०० सय जना भन्दा बढी विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । काभ्रेबाट मात्रै नभएर काठमाण्डौ,भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक तथा सुदुरपश्चिमका विद्यार्थीहरूले समेत प्रतियोगितामा सहभागिता जनाएका थिए ।

135
Shares

ट्रेन्डिङ