सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • राष्ट्रपति पौडेल जर्मनीमा

राष्ट्रपति पौडेल जर्मनीमा

85
Shares
राष्ट्रपति पौडेल जर्मनीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।

पौडेल स्विट्जरल्याण्डको भ्रमण  सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । उनलाई  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो-साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ ।

साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसैगरी आज आइतबार उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

85
Shares

ट्रेन्डिङ