सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • साताव्यापी युरोप भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

साताव्यापी युरोप भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

1460
Shares
साताव्यापी युरोप भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् ।

पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलगायतको उपस्थिति थियो ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मनी सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए।

1460
Shares

ट्रेन्डिङ