सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कागजबाट निर्मित कप उद्योग सञ्चालन

कागजबाट निर्मित कप उद्योग सञ्चालन

2660
Shares
कागजबाट निर्मित कप उद्योग सञ्चालन

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ११ बुडोलमा कागजबाट निर्मित कप उद्योग आजदेखि सञ्चालनमा आएको छ ।  व्यवसायी शान्तिरत्न शाक्य, वसन्तराज भोछिभया, साजन शाक्य, सुरेश भोछिभया र रोशन श्रेष्ठ लगायतको करिब रु सात करोडको लगानीमा सो उद्योग सञ्चालनमा आएको हो ।
‘महाचण्डी शुभश्री इन्डष्ट्रिज’ कम्पनीबाट उत्पादन हुने कागज निर्मित कपका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक वसन्तराज भोछिभयाले जानकारी दिनुभयो । उद्योगमा रहेका दुईवटा मेसिनबाट दैनिक ३० हजारदेखि ५० हजारवटा कपको उत्पादन हुने गरेको छ ।
सुरुवातमा दैनिक रु १० हजार आम्दानी भएको उहाँको भनाइ छ । “अहिले कपको मात्रै उत्पादन सुरु गरेका छाँ,ै चाँडै पेपर प्लेट र नेपकिन समेत उत्पादन सुरु गर्छौँ,” भोछिभयाले भन्नुभयो । बजारमा प्लास्टिकको भाँडा विस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र यसको मुख्य बजार काठमाडौँ भएको उहाँले बताउनुभयो । रासस

2660
Shares

ट्रेन्डिङ