सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

85
Shares
आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी ,मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

85
Shares

ट्रेन्डिङ