सबैको समाचार
बिहिबार, असार २०, २०८१
  • होमपेज
  • प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

65
Shares
प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालीन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

तर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार पनि प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।

65
Shares

ट्रेन्डिङ