सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

1025
Shares
आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

 काठमाडौं । एकीकृत समाजवादीको महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र सुरु भएको छ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। पार्टीको ८९ औँ सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो।

महाधिवेशन असार २० गतेसम्म चल्नेछ।

1025
Shares

ट्रेन्डिङ