सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • मेलम्ची खानेपानी पाइप विछ्याउने काम अन्तिम चरणमा

मेलम्ची खानेपानी पाइप विछ्याउने काम अन्तिम चरणमा

3420
Shares
मेलम्ची खानेपानी पाइप विछ्याउने काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानीको पाइप गाड्ने काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ ।
निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौं उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक १ हजार २०० देखि १ हजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् ।
निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै सुरु भएको छैन । मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पुर्याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पुर्याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी  सकिएको खनालले बताए ।

3420
Shares

ट्रेन्डिङ