सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बन्चरो प्रहार गर्दा १ घाईते , ३ जना प्रहरी नियन्त्रणमा

बन्चरो प्रहार गर्दा १ घाईते , ३ जना प्रहरी नियन्त्रणमा

1865
Shares
बन्चरो प्रहार गर्दा १ घाईते , ३ जना प्रहरी नियन्त्रणमा

काभ्रे :- जिल्लाको बनेपामा मापसे गरि बन्चरो प्राहार गर्दा १ जना गम्भीर घाईते भएका छन ।

बनेपा नगरपालिका वडा न. १२ जन्ते ढुङ्गा बस्ने बर्ष १७ को गोपाल तामाङलाई जिल्लाकै खानिखोला गाउँपालिका वडा न. १ घर भई पनौति नगरपालिका वडा न. ४ मा डेरा गरी बस्ने बर्ष १६ को फुच्चे तामाङ, र सोही स्थान बस्ने बर्ष १५ को पन्चे तामाङ र बर्ष १५ को सुबास तामाङले मा.प.से. गरी भनाभन हुदा एक्कासि बन्चरो प्रहार गर्दा गोपाल तामाङको दाँया पातामा गहिरो चोट लागी घाईते भएकोमा उपचार शिर मेमोरियल अस्पतालमा हुँदै गरेको काभ्रे प्रहरीले जनाएको छ ।

काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठका अनुसार बन्चरो प्रहार गर्ने ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यलय बनेपामा राखिएको छ ।

घाईते गोपालको अवस्था समेत सुधार हुँदै गएको काभ्रे प्रहरीले जनाएको छ ।

1865
Shares

ट्रेन्डिङ