सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • कारले ठक्कर दिंदा सैनिक जवानको मृत्यु

कारले ठक्कर दिंदा सैनिक जवानको मृत्यु

895
Shares
कारले ठक्कर दिंदा सैनिक जवानको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्की रहेका छन् । सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।

895
Shares

ट्रेन्डिङ