सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बिरामी बोकेर उडेको हेलिकोप्टर खेतमै आकस्मिक अवरतण

बिरामी बोकेर उडेको हेलिकोप्टर खेतमै आकस्मिक अवरतण

1025
Shares
बिरामी बोकेर उडेको हेलिकोप्टर खेतमै आकस्मिक अवरतण

डोल्पा । डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।

डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको हो ।

लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। मौसम खराब भएपछि लेकवेशी नगरपालिका–६ मा दिउँसो साढे १२ बजेतिर अवतरण गरिएको हो ।

मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल लगिएको छ ।

1025
Shares

ट्रेन्डिङ