काभ्रेपलाञ्चोक :- जिल्ला हुँदै तातोपानी नाका जोड्ने सडक अरनिको राजमार्ग अन्तर्गत पाचखाल नगरपालिका वडा न ८ स्थित ५० किलोमा पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको छ ।
आज दिउसो पाँचखाल नगरपालिका वडा न ८ पँचास किलोमा अरनिको राजमार्ग सडक खण्डमा अबिरल बर्षादका कारण भिरबाट लेदो सहितको पहिरो आई सड्क दुई तर्फि अवरोध भएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिनु भएको हो ।
अहिले प्रहरी र स्थानिय तहको समन्वयमा सडक खुलाउने पहल भैरहेको छ ।