काठमाडौं । बंगलादेशमा अवामी लिगका नेताको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ ।
राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा अज्ञात व्यक्तिले आगजानी गरेका थिए ।
होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनको समाचारमा उल्लेख गरिएको छ ।
होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको उल्लेख छ ।
कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।