सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

सँझ्यामा सुनिए तीन कवि

7655
Shares
सँझ्यामा सुनिए तीन कवि

भक्तपुर, १० असार । नेपाली कविताको श्रीवृद्धिका लागि बेग्लै कार्यक्रम सँझ्या साहित्यमा फरक पुस्ताकातीनकविले आफ्ना कविता प्रस्तत गरे ।भक्तपुरलाई कला र कविताका लागि पर्यटन क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यका लागि कविताको अतिरिक्त कार्यक्रम गरिरहेको जानकारी गराउँदै आशुतोषले भने —भोलि अनुसन्धानकर्ता वास्तविक कविता खोज्न भक्तपुर आउने छन् । पचासको दशकको पूर्वाद्धमा कविता लेखेर चर्चा बटुलेका कवि एवम् निबन्धकार भीष्मउप्रेती, पचासको दशकको मध्यान्नमा कविताको यात्रा थालेका कवि एवम् उपन्यासकार प्रगति राई र साठीको दशकको उत्तराद्र्धमा कविता लेख्न थालेका प्रकाश रम्घालीले आफ्ना कविता प्रस्तुत गरे ।
कविता प्रस्तुतिको क्रमलाई कवि भीष्म उप्रेतीले रूखहरू शीर्षक कविताबाट शुरु गरे । रङलाई जीवनको आयामका रूपमा व्याख्या गर्दै उनले रङहरू सँगै आउँछ खुशी शीर्षक दोस्रो कविता प्रस्तुत गरे भने अमेरिकामाकालाहरूले विश्वमा भोग्ने दमन र विभेदको तीतो यथार्थ बुन्दै उनले कालाशीर्षक बेजोड कवितामार्पmत् नेपालको विभेदकारी वर्तमान देखाए । त्यस्तै अर्का कवि एवम् उपन्यासकार प्रगति राईले रूख शीर्षक कविताले रूख धर्म र समताको प्रतीक होइन बरु विभेदको र दमनको प्रतीकका रूपमा व्याख्या गर्दै रूखलाई अबपुजेर बस्नु नहुने जिकिर गर्दै महिलाहरूको वर्तमान मानसिकतालाई धोइपखाल्न र जाग्नआह्वान गरे । त्यसपछि उनले नेपथ्यशीर्षक प्रेम कविता प्रस्तत गरे भने ज्वजलप्पाशीर्षक नेपाल भाषको कवितामार्पmत सँझ्याले सबैलाई मायागर्ने बताए ।
युवा कवि प्रकाश रम्घालीले आमा भन्नुहुन्छ शीर्षक मार्फत देशप्रेम दर्शाए । आमाको चाहना देशलाई शान्त र सम्मुनत देख्ने हो भन्दै सबै मिली देश बनाउन आह्वान गरे भने दोस्रो कवितामाभने प्रेमकली म तिमीलाई छुन चाहन्छु । त्यस्तै लाहुर जानुपर्ने बाध्यताको विम्बमाउनले लाहुेरे सङ्गीतमार्पmत बर्तमान देश चिनाए । त्यस्तै उप्रेतीले युवामाझी, नदीमा हेर्दा, तिमीलाई देखेपछि, नदी र मानिस, कवितमाशहर शीर्षकमा देश, प्रेम, आदर्श, राजनीतिदर्शन आदिको विम्ब प्रस्तुत गरे भने राईले आमासँग, एम्बुसमामाया, सपनाको आतङ्क, भो यो प्रेमका कवितान लेख्नु पर्यो र बहुचर्चित विद्रोही कविताबादी विज्ञप्तिमार्फत् देशको वर्तमानअवस्था, अस्थिर राजनीति, असामाजिक समाज, विभेद, किनाराको आवाज प्रस्तुतगरिन् ।
क्वि रम्घालीले तिमीले नसम्झिएपनि, शहरतिर, नौलो शहर, बर्दीको मान्छे, देश मात्र किन चलाख हुँदैन आदिकवितामार्पmतउनले अस्थिर राजनीति, समसामायिक देशको अकमण्र्य परिस्थिति, विभेदजन्य परिस्थित र दमनशोषण रहेसम्म देश शान्तनहुने भाव प्रस्तुत गरे । पचासको दशकदेखि घुमन्ते साहित्ययात्रामार्पmत गाउँठाउँका कवितालाई मूलधारमा ल्याउने अभिप्रायले घुमन्ते साहित्यअभियान चलाइरहेको भक्तपुर साहित्य प्रतिष्ठान सँझ्याको सहआयोजकको भूमिका निर्वाह गरेको कार्यक्रको अन्त्यमा युवा कवि प्रज्लल अधिकारीले बोनस कविता सुनाए । भक्तपुरको लोहकिल्थलीस्थित ॐ ज्ञान मन्दिर स्कुलमा प्रत्येक महिनाको दोस्रो हप्तामा आयोजना हुने सँझ्या साहित्यलाई प्रहार न्युज डट कम र रचना वाचन युट्युबच्यानलले सहयोग गरेको थियो ।

7655
Shares

ट्रेन्डिङ