कास्की । पोखरा ६ – स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा १८ मा बस्ने ३७ वर्षीय देवन गुरुङ, १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ व्यास नगरपालिका वडा ३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने १८ वर्षीय अनिश भट्ट रहेका छन् ।
उनीहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखी महिलासँग भएको दुई तोला बराबरको सुनको सिक्री, नगद १२ हजार र लेदरको कालो रङ्गको ज्याकेट लुटी फरार भएका थिए ।
सुनको सिक्री किन्ने पोखरा ४ गणेशटोल बस्ने विकास सुन चाँदी पसलका सञ्चालक नारायणप्रसाद बिक र एस पि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मा समेतलाई पक्राउ गरेको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।