सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • देशभर ५० जनामा हैजा संक्रमण: ललितपुरमा मात्रै ३८ संक्रमित

देशभर ५० जनामा हैजा संक्रमण: ललितपुरमा मात्रै ३८ संक्रमित

990
Shares
देशभर ५० जनामा हैजा संक्रमण: ललितपुरमा मात्रै ३८ संक्रमित

काठमाडौँ । केही सातायता देशका विभिन्न क्षेत्रमा फैलिएको हैजा संक्रमितको संख्या ५० पुगेको छ ।

 स्वास्थ्य सेवा विभाग टेकुले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर ५० जनामा हैजा संक्रमण भएको र ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ ।

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने/गराउने कार्य गरिरहेको जानकारी दिएको छ।

स्वास्थ्य सेवा विभाग टेकुले काठमाडौंमा दुई, प्युठानमा दुई, कैलालीमा आठजनामा हैजा संक्रमण रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयार गरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ । 

990
Shares

ट्रेन्डिङ