सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य

बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य

915
Shares
बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य

काठमाडौं । साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी शेख हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी  छन्।

हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी हुन् । उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या,हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

‘यो राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको गहिरो अपमान हो, जसको नेतृत्वमा हामीले हाम्रो स्वाभिमान, हाम्रो पहिचान र हाम्रो स्वतन्त्र राष्ट्र हासिल गर्यौं। यो लाखौं शहीदहरूको रगतको घोर अपमान हो। म यो देशका जनतासँग न्याय चाहन्छु,’ वक्तव्यमा भनिएको छ।

वक्तव्यमा उनले आफन्तहरु गुमाएर पनि बाचिरहेकाहरूप्रति समवेदना प्रकट गरेकी छन्। हसिनाले आफ्नै कार्यकालमा बंगलादेशले विकासशील राष्ट्रहरूमा सम्मानको स्थान बनाएको उल्लेख गरिन्।

उनले १५ अगस्टलाई राष्ट्रिय शोक दिवस उचित सम्मान र गम्भिरताका साथ मनाउन आग्रह पनि गरेकी छन्।

 

915
Shares

ट्रेन्डिङ