सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • रेडक्रसलाई सहज रुपमा कार्य गर्न राज्यले गर्नु पर्ने सबै कार्य गर्न तयार छौ : मन्त्री आचार्य

रेडक्रसलाई सहज रुपमा कार्य गर्न राज्यले गर्नु पर्ने सबै कार्य गर्न तयार छौ : मन्त्री आचार्य

2475
Shares
रेडक्रसलाई सहज रुपमा कार्य गर्न राज्यले गर्नु पर्ने सबै कार्य गर्न तयार छौ : मन्त्री आचार्य

काभ्रे। काभ्रेको बनेपाको रेडक्रस तालिम केन्द्र बनेपाको बुडोलमा रेडक्रस नेपालको साधारण सभा सुरु भएको छ l आज र भोलि सम्म चल्ने साधारण सभाको उद्घाटन भने नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले गरेका हुन्। रेडक्रसको बनेपा बुडोल स्थित तालिम केन्द्रमा साधारण सभा सुरु भएको हो।

सोहि उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्रि आचार्यले रेडक्रसको कार्यको प्रशंशा गर्दै नेपाल सरकार र मन्त्रीको हैसियतले हुने सम्मको सम्पूर्ण सहयोगको प्रतिबद्धता ब्यक्त गरे । सँगै रेडक्रसलाई आफ्नो मानव सेवामा लाग्न आईपर्ने बाधाहरु फुकाउन नेपाल सरकारनै तत्पर रहने बताए। उनले रेडक्रस र यसको महत्व र स्थापनाको औचित्य लाई थप टेवा पुग्ने गरि सम्पुण शाखालाई निर्देशन समेत गरे ।

साधारण सभा भोलि सम्म चल्ने र साधारण सभामा ६५ जिल्ला र ७ ओटै प्रदेशका प्रतिनिधिको उपस्थित रहेको छ। साधारण सभाको बिशेष अतिथिको रुपमा जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङ्ग , प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल लगाएतको उपस्थित रहेको थियो।

साधारण सभाको सफलताको कामना गर्दै रेडक्रसको प्रशासनिक संरचना र कानुनि पाटोमा भएको त्रुटीहरु सच्याउन मन्त्री ज्यु लाई अनुरोध गर्दै आफुले पनि रेडक्रसको कार्यलाई साहायता गर्न आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने र राज्यको निदेशन पुण रुपमा कार्यन्वयन गर्न आफु र आफु निकटका सम्पूर्ण कार्यलयलाई सहजिकरण गर्ने बाचा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले ब्यक्त गरेका थिए।

2475
Shares

ट्रेन्डिङ