सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलियो : स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलियो : स्वास्थ्य आपतकाल घोषणा

565
Shares
अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलियो : स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । अफ्रिकी मुलुकमा मंकिपक्सले भयावह रुप लिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का अनुसार यस वर्ष अफ्रिकी महादेशमा १७ भन्दा बढीमा यो संक्रमण देखिएको छ । हालसम्म ५१७ जनाको मृत्यु भएको बताइएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमण १६० प्रतिशतले वृद्धि भएको छ । १३ वटा देशमा मंकिपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन् ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।

अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

565
Shares

ट्रेन्डिङ