सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

430
Shares
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

 काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । 

गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।

430
Shares

ट्रेन्डिङ