सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • काठमाडौँबाट बेपत्ता युवतीको शव मकवानपुरमा फेला

काठमाडौँबाट बेपत्ता युवतीको शव मकवानपुरमा फेला

915
Shares
काठमाडौँबाट बेपत्ता युवतीको शव मकवानपुरमा फेला

काठमाडौँ । काठमाडौँबाट बेपत्ता भएकी एक युवतीको शव मकवानपुरमा फेला परेको छ । 

आइतबार काठमाडौँको बालकुमारीबाट बेपत्ता भएकी अञ्जली शर्माको शव मकवानपुरस्थित  बागमती गाउँपालिका ९ बेतिनी गैरीजँगारस्थित बागमती नदी किनारमा फेला परेको हो ।

रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका १३ घर भई काठमाडौँ महानगरपालिका बालकुमारी डेरा गरी बस्ने दशरथकुमार शर्माले मृतक १९ वर्षीया अञ्जली आफ्नो छोरी भएको भन्दै बुधवार १७ः४० बजे सनाखत गरेको प्रहरीले जनाएको छ ।

अञ्जली यही आइतबार बेलुका आफ्नो डेरा कोठाबाट कोही कसैलाई कुनै किसिमको जानकारी नगराई हिँडेकी थिईन् ।

बुधवार दिउँसो बागमती नदी किनारामा सेतो÷निलो रङको जिन्स पाइन्ट र माथिको कपडा नरहेको शव दुर्गन्धित अवस्थामा रहेको पाइएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

प्रहरीले शव परीक्षणका लागि पाटन अस्पतालमा गएराति नै लगेको जनाएको छ । 

915
Shares

ट्रेन्डिङ