सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • रास्वपा सभापतिले गरे विधार्थिको सहयोगका लागी , अक्षयकोष स्थापना

रास्वपा सभापतिले गरे विधार्थिको सहयोगका लागी , अक्षयकोष स्थापना

1060
Shares
रास्वपा सभापतिले गरे विधार्थिको सहयोगका लागी , अक्षयकोष स्थापना

काभ्रे :- जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्लाका सभापति प्रबिन कुमार ढकालले आफ्नो पिता को बर्ष ९२ (बयानब्बे)औं जन्मदिन र कुशे औंसिको बिशेष अवसरमा तिजको पुर्ब सन्ध्यामा मन्डन देउपुर,०६ स्थित श्री ब्रहमायणि बिधालयमा पिता मोजनाथ ढकाल र माता भगवती ढकालको नाममा १००००० (एक लाख) रकमको अक्षयकोष स्थापना गर्नु भएको छ ।

गरिब ,बिपन्न,जेहेन्दार,उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन,हौसला गर्नेको निमित्त आर्थिक सहयोग गर्ने हेतुले यो कोष स्थापना गरीएको हो। बिधालय ब्यबस्थापन समिति,बिधालयका शिक्षक परिवार,विद्यार्थी अभिभावकहरुको बिशेष उपस्थितिमा कोष स्थापना घोषणा गरिएको हो ।

कोषबाट प्राप्त बार्सिक ब्याजले हरेक बर्ष विद्यार्थी लाई हौसला स्वरूप कोषको नाम बाट प्रबिन कुमार ढकालको उपस्थितिमा बिपन्न,जेहेन्दार,उत्कृष्ट विद्यार्थीलाई पुरस्कार राशी वितरण गरिने तयारी छ। उक्त कार्यक्रममा कोषको नामाकरण बिधालयका प्राध्यापक शिक्षक बर्ग,ब्यबस्थापन समिति र समाजसेवी ढकाल बीच बसेको संयुक्त छ्लफल बाट “श्री ब्रहमायणि मोजनाथभगवती ढकाल” अक्षयकोष नामाकरण गरिएको छ।

गत बर्ष मात्र माघ महीना पनि समाजसेवी ढकालले आफ्नो जन्मदिनको बिशेष अवसरमा बिद्यालयभरका सम्पूर्ण २३८ विद्यार्थीलाई स्कुल ब्याग,स्टेशनरी सामान हरु वितरण गरेका थिए ।

समाजसेवी ढकाल जिल्लाभर आर्थिक बिपन्न परिवार,अशक्त,असाहयलाई घर घरमा पुगेर कम्बल,टोपी,व्हिलचियर,बैसाकी,वाकर लगायतका गर्न सकिने सहयोग निरन्तर गर्दै आईरहेका छन ।

1060
Shares

ट्रेन्डिङ