सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • धुलिखेल अस्पतालको निरिक्षण गर्दै मुख्यमन्त्री लामा

धुलिखेल अस्पतालको निरिक्षण गर्दै मुख्यमन्त्री लामा

895
Shares
धुलिखेल अस्पतालको निरिक्षण गर्दै मुख्यमन्त्री लामा

काभ्रेपलाञ्चोक । काभ्रेमा रहेको धुलिखेल अस्पतालको निरिक्षण बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले गरेका छन् ।

पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, बाग्मती प्रदेशका पूर्व मन्त्री प्रदेश सभा सदस्य तीर्थ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तान, माधव ढकालसहित आएका मुख्यमन्त्री लामालाई अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजूलगायतले स्वागत गरेका थिए ।

मुख्यमन्त्री लामासहितको टोलीले अस्पतालको विविध पक्षबारे जानकारी लिएको थियो । अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य लगायले उनलाई त्यहाँ उपलव्ध सेवाबारे जानकारी गराएका थिए ।

895
Shares

ट्रेन्डिङ