काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा -४ ले वडा भरीका शोकमा रहेका मृतकका परिवारलाई आर्थिक सहयोग सहिद समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम बनाएको छ ।
धुलिखेल नगरपालिका वडा न ४ का वडा अध्यक्ष उतम प्रसाद तिमल्सिनाले सबैको समाचारलाई जानकारी दिदै वडाबासीको सुख र दुख दुबैमा जनप्रतिनिधि घर आगान पुग्ने अभियानको रुपमा यस आर्थिक वर्ष बाट यो कार्यलाई कार्यक्रम नै बनाएर कार्यन्वयन गरीएको जानकारी दिनु भएको हो।
उहाँका अनुसार वडा न ४ भित्र स्थाई बसोबास भएका सबै नागरिकहरुमा यो कार्यक्रम लागू हुनेछ। भने यस अगाबैका वर्षमा पनि विपन्न र गरिब परिवारलाई वडा कार्यलय मार्फतनै आर्थिक साहयता प्रदान गर्दै आएको भएता पनि यो पटकबाट भने यस शिर्षकमै बजेट ब्यवस्थापन गरी सबै वडाबासीलाई यो साहायता दिई रहेको जानकारी गराउनु भएको छ ।
वडा कार्यलयले वडाबासीको मृतक परिवारलाई नगद १० हजार सहित समवेदना पत्र शोकमा रहेको परिवारमै पुगेर प्रदान गर्नेछ । वडाले यो कार्य निरन्तर समुदायमा लागू गर्दै लगेको छ ।