सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

1035
Shares
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगले अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगंत भएका सम्पूर्ण व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पुर्याउनको लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको ७ (सात) दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

1035
Shares

ट्रेन्डिङ