सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

405
Shares
दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौ‌ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

405
Shares

ट्रेन्डिङ