सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • डेंगीका नेपालमा तीन प्रकारका भाइरस सक्रिय

डेंगीका नेपालमा तीन प्रकारका भाइरस सक्रिय

1035
Shares
डेंगीका नेपालमा तीन प्रकारका भाइरस सक्रिय

काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ।

डेंगीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।

विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए। ‘भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ,’ उनले भने।

शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए।

डेंगी संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ। यस्तै, देशभर २७ हजार एक सय ५३ जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ।

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको छ। उपत्यकामा डेंगी संक्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ। काठमाडौं जिल्लामा चार हजार ६० जना, भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेंगी संक्रमण देखिएको छ।

डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ।

1035
Shares

ट्रेन्डिङ