सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

955
Shares
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय शोक’ घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

उनको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

अन्त्येष्टिअघि सानो गौचरनमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।

955
Shares

ट्रेन्डिङ