सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • रु पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

रु पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

5895
Shares
रु पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ । माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताउनुभयो ।
कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए । समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान बनाइने बताउनुभयो ।
महोत्सवमा विश्वकै सबैभन्दा ठूलो पक्षी सुतूरमुर्ग र अस्ट्रेलियाको राष्ट्रिय पक्षी इमो तथा कालीगण्डकीमा जलयात्रा आकर्षणका रुपमा थिए । रत्यौली र विद्यालयस्तरीय नृत्य प्रतियोगिताले पनि धेरैको मन छोएको थियो । कृषि र शैक्षिक, परम्परागत प्रविधि, स्थानीय परिकारको प्रदर्शनीका साथै स्थानीय लघु घरेलु उद्यमबाट उत्पादित सामग्री पनि बिक्री तथा प्रदर्शनमा राखिएका थिए । रासस

5895
Shares

ट्रेन्डिङ