सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बाघको छालासहित एक जना पक्राउ

बाघको छालासहित एक जना पक्राउ

700
Shares
बाघको छालासहित एक जना पक्राउ

कपिलवस्तु । शिवराज नगरपालिका–२, हल्लानगरमा अवैध बाघको छाला (वन्यजन्तु आखेटो पाहार) सहित एक जना पक्राउ परेका छन् ।

बाघको छाला किनबेच हुँदैछ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय, चन्द्रौटाबाट पुगेको प्रहरीले करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि उभिएका बुटवल उपमहानगरपालिका ५, गोलपार्क बस्ने ४१ वर्षिया बिष्णुप्रसाद भट्टराईलाई बाघको छाला सहित पक्राउ गरेको हो ।

सेतो प्लास्टिकको बोरा भित्र लुकाईछिपाई राखेको अवस्थामा बाघको छाला बरामद भएको प्रहरी प्रवक्ता नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए । बरामद छालाको टाउकोदेखि पुच्छरको फेद सम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई रहेको बताइएको छ ।

चार वटा दाह्रा, चारै खुट्टाको पन्जाको भागमा नङ भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको उनले बताए । उक्त छाला सहित भट्टराई र लु. ५८ प. ९७५५ नम्बरको मोटरसाइकल आवश्यक काराबाहीका लागि सोमबार डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटामा बुझाइएको छ ।

700
Shares

ट्रेन्डिङ