सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • मानव तस्करी प्रकरण :  पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मानव तस्करी प्रकरण :  पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

795
Shares
मानव तस्करी प्रकरण :  पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ : जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी आजै रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले आजै मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै मुद्दा नचलाउने निर्णय गरेको थियो।

सोही आधारमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले थाहाखबरलाई जानकारी दिए। उनलाई श्रीमतीको जिम्मा लगाइएको छ। अन्य आरोपी ११ जनाविरुद्ध भने काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज, आफैँले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएकोलगायतलाई आधार मानेर मुद्दा नचलाउने निर्णय भएको जनाइएको छ।

795
Shares

ट्रेन्डिङ