काभ्रे । केयर नेपाल र शान्ति जनआदर्श सेवा केन्द्रको सहयोग र बेथानचोक गाउँपालिकाको समन्वयमा वडा नं. ५ का ४० जना प्रभावितलाई सोमबार राहत सामग्री वितरण गरिएको छ ।
बाढीपहिरोले क्षति पुगेका घर–परिवारलाई चिसोबाट जोगिनका लागि प्रतिपरिवारलाई सिरक, डसेना, तन्ना, सिरानी, सर–सफाइका सामग्रीलगायत आपत्कालीन राहत सामग्री वितरण गरिएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शान्ति बुद्ध लामाले जानकारी दिए ।
यस प्रकारको सहयोगले बाढीपहिरो प्रभावितलाई राहत मिलेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।