सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पोर्नोग्राफी मामिलामा शिल्पा शेट्टी र राज कुन्द्राको घरमा छापा

पोर्नोग्राफी मामिलामा शिल्पा शेट्टी र राज कुन्द्राको घरमा छापा

1265
Shares
पोर्नोग्राफी मामिलामा शिल्पा शेट्टी र राज कुन्द्राको घरमा छापा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको घरमा पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार घरपछि राज कुन्द्राको अफिसमा छापा मारिएको थियो। घर र अफिस बाहेक करिब १५ ठाउँमा पनि छापा मारिएको थियो। जसबाट ईडीले मोबाइल ‘एप्लिकेशन’ र दोस्रो माध्यमबाट पोर्नोग्राफीको ‘सर्कुलेशन’ हुने पत्ता लगाएको छ।

केही समयअघि ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत गरेको थियो। जफत गरिएको सम्पत्तिमा शिल्पा र राजको एक घर पनि सामेल छ।

सन् २०२१ जुलाईमा राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। यस मामिलामा उनी जमानतमा छुटेका थिए।

शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्।

1265
Shares

ट्रेन्डिङ