सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • धुलिखेलमा तारजाली बनाउने कारखानामा आगलागी

धुलिखेलमा तारजाली बनाउने कारखानामा आगलागी

300
Shares
धुलिखेलमा तारजाली बनाउने कारखानामा आगलागी

काभ्रे । धुलिखेल नगरपालिका स्थित २८ किलो नजिकै तारजाली बनाउने कारखानामा आगलागी भएको छ ।

बनेपा र धुलिखेलको सिमाना नजिकै रहेको लालीगुराँस तारजाली कारखानामा आगलागी भएको हो ।

प्रहरी र स्थानीयसँगै नगर प्रहरी र दमकलको प्रयासले आगलागी नियन्त्रणमा आएको छ । क्षतिको यकीन विवरण संकलन हुँदै गरेको काभ्रे प्रहरीका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिनु भयो ।

कारखानाको एउटा भवन र भवनभित्रका सरसमान जलेर नष्ट भएका छन् ।

300
Shares

ट्रेन्डिङ