काभ्रे । जिल्लाको ब्यस्थ बजार बनेपामा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाले अब स्वादिष्ट थकाली खाना तथा खाजा खुवाउने गरि नयाँ व्यवस्थापनका साथ सन्चालनमा आएको छ।
बनेपा वडा न. ६ अरनिको आईवेमै बुडोल हाइटमा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छा संचालनमा ल्याएको व्यवस्थापन टिमले जनाएको छ।
फरक स्वादसहीत सादा, चिकेन, मटन, माछा, बदेलका परीकार सहितको खाना सेट पाइने नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाका सञ्चालक सुरज कुमार श्रेष्ठले जानकारी दिनुभयो।
श्रेष्ठका अनुसार नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा ‘बनेपामा थकाली किचनहरू थुप्रै छन्‚ त्यसमध्येमा पनि नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा चाहिँ फरक स्वाद सहित ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ।’
ढिडोसहित खाना खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, माछा, पनि पाइने सञ्चालक यादव प्रसाद फैजुले जानकारी दिनु भयो।
नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा पारिवारिक वातावरणमा स्वस्थकर खाना पाइने व्यवस्था रहेको र २०/३० जना बसेर सानो प्रोग्राम र छलफल गर्न मिल्ने समेत उचित ब्यवस्थापन रहेको छ।