सबैको समाचार
सोमवार, माघ ७, २०८१
  • होमपेज
  • आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल हेर्नुहोस्

आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल हेर्नुहोस्

195
Shares
आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल हेर्नुहोस्

आज विक्रम संवत २०८१ साल मंसिर २२ गते, शनिबार । ईश्वी सन् २०२४ डिसेम्बर ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । मंसिर शुक्लपक्ष । तिथि–षष्ठी, ६ घडी ५३ पला, बिहान ९ बजेर २८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–धनिष्ठा, २३ घडी ६ पला, दिउसो ३ बजेर ५७ मिनेट उप्रान्त शतभिषा । योग–व्याघात, ४ घडी ४८ पला, बिहान ८ बजेर ४२ मिनेट उप्रान्त हर्षण । करण–तैतिल, बिहान ९ बजेर २८ मिनेट उप्रान्त गर, बेलुकी ८ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कुम्भ । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ० पला ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाईनेछ । नवीन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तताईंको कामको उच्च सम्मान गरिनेछ । भेटघाट, खेलकुद, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिरतिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । मांगलिक समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहीनीसँग सामान्य कुरामा पनि मनमुटाव बढ्ने योग रहेको छ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहाँदा नचाहाँदै टाडिनु पर्दा मन खिन्न हुनेछ । र, पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । लामो दुरीको यात्रा हुने योग रहेकोछ ।

सिहं (मा,मि,म्ु,मे,मो,टा,टि,टु,टे) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अअघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग छ । मांगलिक समारोहमा सहभागी भई भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) विवादित विषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशीले उचाई नाघ्नेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा भेटघाट, खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धी मुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लाग्नेछन् । पढाइ लेखाइकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ । आफन्तको निम्तोमा सहभागी भई भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मीहरुबाट नै विरोध हुनेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला, हतार गर्नाले काम बिग्रनसक्छ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । र, पनि प्रेममा नजिक हुन सकिनेछ । आफन्तको निम्तोमा सहभागी भई रमाइलो गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) दौडधुप तथा लामो खटाइले मात्र कामहरु सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफुभन्दा ठूला तथा प्रतिष्ठित व्याक्तिहरुसँग विवाद बढ्ने योग छ । र, पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । शुभ तथा मांगलिक समारोहमा सहभगी भई भेटघाट, खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ । काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलाशिताका वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । तर, लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । साथै भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तपाई्ंको दिन शुभ रहोस् ।

195
Shares

ट्रेन्डिङ