सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नाम मिलेकै आधारमा १६ दिन कारागारमा

नाम मिलेकै आधारमा १६ दिन कारागारमा

585
Shares
नाम मिलेकै आधारमा १६ दिन कारागारमा

इलाम । नाम मिलेकै आधारमा ४६ वर्षपछि फरार अभियुक्त भन्दै प्रहरीले पक्राउ गरेका इलामको सन्दकपुर गाउँपालिकाका ७६ बषिर्य तिलवहादुर गुरुङ निर्दोष सावित हुनु भएको छ । अदालतको फैसला अनुसार गुरुङ कारागार मुक्त हुनु भएको छ ।

गएको असार १७ गते घरमा बसिरहेको अवस्थामा अभियुक्त भन्दै प्रहरीले गुरुङलाई इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित घुम्तिडाँडाको घरवाटै पक्राउ गरेको थियो । २०३८ साल जेठ १२ गते जिल्ला अदालत इलामले गरेको फैसलाका आधारमा उहाँलाई पक्राउ गरिएको थियो ।

तर नाम एउटै भए पनि अभियुक्त व्यक्ति आफु नभएको भन्दै उहाँ अदालत जानु भएको थियो । विनाकारण ७६ वर्षीय गुरुङले १६ दिन कारागारको जीवन बिताउनु पर्यो ।

नाम मिलेकै आधारमा फरार अभियुक्त भन्दै गत असार १७ गते गुरुङलाई पक्राउ गर्दै १८ गते कारागार चलान गरिएको थियो । उच्च अदालत इलाम इजलाशले उहाँ निर्दोष रहेको भन्दै थुनामुक्त हुने आदेश दिएको हो । परिवारलाईसमेत जानकारी नदिइकन बुवालाई पक्राउ गरिएको भन्दै परिवार पनि रुष्ट छन् ।

यता प्रहरीले भने फरार अभियुक्तको सूचीमा रहेका व्यक्तिको खोजी गर्ने दायित्व अन्तर्गत केही भूल हुन पुगेको स्वीकारेको छ ।

585
Shares

ट्रेन्डिङ