सबैको समाचार
सोमवार, असार २९, २०८३
  • होमपेज
  • ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ पक्राउ

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ पक्राउ

490
Shares
ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

490
Shares

ट्रेन्डिङ