सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ९३ ज्येष्ठ नागरिकलाई सम्मान

९३ ज्येष्ठ नागरिकलाई सम्मान

875
Shares
९३ ज्येष्ठ नागरिकलाई सम्मान

काभ्रे । जिल्लाको बनेपा नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरपालिकाको वडा नं १ देखि १४ सम्मका ८२ देखि ८३ वर्ष समूहका ९३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुलाई बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहालले खादा ओडाउनुका साथै सिरक, तन्ना र खाद्यान्न सामग्री वितरण गरेका थिए ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख शाक्यले भने, ‘ज्येष्ठ नागरिक नगरको इतिहास हुन्,’ उनले भने, ‘यसको संरक्षण गर्न नगरपालिकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको तयारी गरिरहेको छ, इतिहासबारे धेरै जानकारी ज्येष्ठ नागरिकहरुसँग हुने भएकाले नगरका सबै वडाका ज्येष्ठ नागरिकसँग पुगेर इतिहासका बारे जानकारी लिने र रेकर्ड राख्ने कार्यक्रम गर्ने नगरपालिकाको योजना छ ।’

नगरपालिकाले वार्षिक रुपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै स्वास्थ्य परीक्षण, दन्त शिविर, तिर्थ यात्रालगायत विभिन्न कार्यक्रम गर्दै आएको बनेपा नगरपालिकाकी उपप्रमुख सापकोटाले बताइन् ।

बनेपा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिजया सुवेदीले बुधबार ९३ जनालाई सम्मान गरिएको र सम्मान छुटेकालाई पनि सम्मान गर्ने बताइन् ।

875
Shares

ट्रेन्डिङ