सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • काभ्रेमा पनि सलह किरा देखियो

काभ्रेमा पनि सलह किरा देखियो

10675
Shares
काभ्रेमा पनि सलह किरा देखियो

धुलिखेल, १३ असारः आज बिहान मात्रै भारतसँग सिमाना जोडिएको जिल्लामा देखिएको सलह किरा काभ्रेको विकट डाँडापारी क्षेत्रको खानिखोला गाउँपालिकामा पनि देखिएको स्थानीयहरुले बताएका छन् । फट्याङ्ग्रा जस्तै देखिने सलह किरा देखिएको स्थानीयबासीले आशंका गरेका छन् ।

गाउँपालिकाको वडा नं २ फलामेटारमा सलह जस्तै देखिने किरा दिउँसो २ बजेतिर आकाशमा देखिएको थियो । अहिले त्यो किरा वडा नं १, २ र ६ को माथिल्लो भेगमा देखिएको पालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए ।

केही किरा मरेर भुइमा झरेको स्थानीयले बताएका छन् । देख्दा सलह जस्तै देखिएकाले सलह हो वा होइन भन्ने विषयमा गाउँपालिकाका कृषि प्राविधिकहरुले अनुसन्धान गरिरहेको प्रवक्ता गोलेले बताउनुभयो । किराले बालीमा भने कुनै क्षति नगरेको बताइएको छ । किरा मकवानपुर हुदैँ गाउँपालिका भित्रिएको हुन सक्ने प्रबक्ता गोलेको भनाई छ ।

10675
Shares

ट्रेन्डिङ