सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • प्रहरीले आरोपीको तस्बिर सार्वजनिक नगर्ने

प्रहरीले आरोपीको तस्बिर सार्वजनिक नगर्ने

590
Shares
प्रहरीले आरोपीको तस्बिर सार्वजनिक नगर्ने

नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो।

प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ।

‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ उनले भने।

केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा आइजिपी दीपक थापाले यस विषयमा सहमति जनाएको उनले बताए।

‘मिटिङमा संगठन प्रमुखले नै सहमति गरी अबदेखि नगर्ने भनेकाले यो निर्णय भएको हो,’ उनले भने।

590
Shares

ट्रेन्डिङ