सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • लागूऔषधससहित चार भारतीय नागरिक पक्राउ

लागूऔषधससहित चार भारतीय नागरिक पक्राउ

520
Shares
लागूऔषधससहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।

शनिबार राति करिब साढे ८ बजे भारतबाट काठमाडौँतर्फ आउँदै गरेको स्कारपियो गाडीमा फल्स बटम बनाएर लुकाइराखिएको लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भारतको सुगौलीबाट वीरगंज हुँदै काठमाडौँतर्फ गइरहेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो जाँच गर्दा तीन वटा ढोकामा फल्स बटम बनाइ लुकाइएको अवस्थामा लागू औषध फेला पारेको हो।

पक्राउ परेकामा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्। तीमध्ये शेख गजुर सो गाडीका चालक रहेको खुलेको छ।

सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट नोफिन २,४०० थान, डाइजेपाम २,००४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २,४०० थान र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान बरामद गरिएको छ।

लागू औषध कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे उनीहरूले स्पष्ट जानकारी दिन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बरामद लागू औषध र प्रयोग गरिएको गाडीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

520
Shares

ट्रेन्डिङ